Matra Education आइतबार, साउन १० २०८३

एसईईमा कम ग्रेड आएको छ ? त्यसो भए यो हो तपाईँको विकल्प

एसईईमा कम ग्रेड आएको छ ? त्यसो भए यो हो तपाईँको विकल्प

  • मात्र एजुकेशन
  • आइतबार, साउन १५ २०७९


काठमाडौँ- केही दिन अघि मात्रै माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ। प्राप्त नतिजाले कतिपय विद्यार्थीलाई उत्साहित बनाएको छ भने केही विद्यार्थीहरू कमजोर नतिजाका कारण हतोत्साहित पनि भएका छन्। ती विद्यार्थीहरूका लागि राष्ट्रिय परीक्षा बोर्डले उपयुक्त विकल्प सहितको सूचना प्रकाशित गरेको छ।

राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० सानोठिमी भक्तपुरले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका सार्वजनिक गरे सँगै यस्ता विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने भएका हुन्।

आइतबार एक सूचना जारी गर्दै बोर्डले बढीमा दुई विषयमा पूरक परीक्षा दिन पाउने जनाएको छ। सूचना अनुसार परीक्षार्थीले प्रति विद्यार्थी रु ५०० राजस्व जम्मा गरेको भौचर, प्रवेश पत्रको प्रतिलिपि र ग्रेडसिट (वेबसाइटबाट डाउनलोड गरेको) सहित सम्बन्धित विद्यालय मार्फत मिति २०७९ भाद्र ०५ गते सम्म शिक्षा विकास तथा समन्वय इकाइमा पेस गर्नुपर्ने छ।

थप विवरणका लागि तलको सूचना हेर्नुहोस्:

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड