Matra Education बिहिबार, कार्तिक १२ २०८३

कक्षा ११ मा विद्यार्थी भर्ना सम्बन्धी बोर्डले दियो यस्तो निर्देशन

कक्षा ११ मा विद्यार्थी भर्ना सम्बन्धी बोर्डले दियो यस्तो निर्देशन

  • मात्र एजुकेशन
  • बिहिबार, साउन १२ २०७९


काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बागमती प्रदेशले कक्षा ११ मा भर्नाका लागि सबै विद्यालयलाई सर्तसहित निर्देशन दिएको छ ।

बोर्डले २०७४ असोज २ मा प्रकाशित सूचना अनुसार नै कक्षा ११ मा भर्नाका आधार भएका हुनाले सोहि अनुसार गर्न गराउन निर्देशन दिएको हो ।

बोर्डको प्रदेश कार्यालयले साधारण शिक्षातर्फ कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित विषय अध्ययन गर्न न्यूनतम औसत ग्रेड प्वाइंट १.६ प्राप्त गरी कक्षा १० मा अध्ययन गरेका अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषयमा सी प्लस ग्रेड प्राप्त गरेको हुनुपर्ने, कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित विषय बाहेक अन्य विषय अध्ययन गर्न न्यूनतम औसत ग्रेड प्वाईंट १.६ प्राप्त गरेको हुनुपर्ने हुँदा सबै क्याम्पस तथा विद्यालयलाई सोही अनुसार गर्न गराउन सनर्देशन दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड