काठमाडौंं- राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।
३.६१ देखि ४ ग्रेड ल्याउनेको संख्या १.९४ प्रतिशत रहेको बोर्डका परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।
उनका अनुसार नन ग्रेड ल्याउनेको संख्या ४ दशमलव ५५ रहेको छ भने ०.८१ देखि १. २० जीपीए ल्याउनेको संख्या ० दशमलव ६६ प्रतिशत रहेको छ ।
यस्तै १.२१ देखि १.६० जीपीए ल्याउनेको संख्या ९ दशमलव प्रतिशत, १.६१ जीपीएदेखि २.० जीपीए ल्यानेको संख्या २० दशमलब २९ प्रतिशत, २.०१ देखि २.४० जीपीए ल्याउनेको संख्या २२ दशमलव ७४ प्रतिशत, २.४१ देखि २.८० जीपीए ल्याउनेको संख्या १८ दशमलव ३१ प्रतिशत रहेको छ ।
२.८१ देखि ३.२० जीपीए ल्याउनेको संख्या १४ दशमलव १३ प्रतिशत र ३.२१ देखि ३.६० जीपीए ल्याउनेको सख्ंया १ दशमलव ४० प्रतिशत रहेको परीक्ष नियन्त्रक अर्यालले बताए ।
स्थानीय तहको निर्वाचनका कारण यस वर्ष एसइईको नजिता सार्वजनिक हुनमा ढिलाई भएको हो । कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।
परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६ सय १५ विद्यालयका दुई लाख ५७ हजार ९ सय २४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी भएको नियन्त्रक अर्यालले बताए ।