Matra Education आइतबार, साउन १० २०८३

योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना हुने, प्रतिनिधिसभाले बाटो खोल्यो

योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना हुने, प्रतिनिधिसभाले बाटो खोल्यो

  • मात्र एजुकेशन
  • मंगलबार, साउन १० २०७९


काठमाडौं- प्रतिनिधिसभाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७९ पारित गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले उक्त विधेयक पारित गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले राखेको राष्ट्रिय सभामा उत्पत्तिमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७९ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

अब यो विधेयक राष्ट्रपतिले प्रमाणित गरेपछि ऐनको रुपमा काम गर्नेछ । त्यसपछि विश्वविद्यालय स्थापनाको बाटो खुला हुनेछ ।

प्रतिनिधिसभाको अर्को बैठक १३ साउन शुक्रवार बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड