Matra Education आइतबार, साउन १० २०८३

एसईई परीक्षाको नतिजा बारे भर्खरै आयो यस्तो अपडेट

एसईई परीक्षाको नतिजा बारे भर्खरै आयो यस्तो अपडेट

  • मात्र एजुकेशन
  • आइतबार, साउन ८ २०७९


काठमाडौं- एसईई परीक्षाको नतिजा यही साता आउने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (एसईई)का परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार परीक्षा नतिजा निकाल्ने अन्तिम तयारी भइरहेको छ।

‘नतिजा सार्वजनिक गर्नेगरी काम अघि बढाएका छौं। समस्या नआए यो हप्ताभित्रै नतिजा प्रकाशन गर्छौ,’ उनले भने।

अहिले प्राप्ताकं इन्ट्री गर्ने, मिस म्याच गर्ने र टेबुलेसन गर्ने काम भइरहेको छ। गत बैशाख २० गते परीक्षा सकिएको थियो। २०७६ र २०७७ सालको एसईई कोभिड-१९ का कारण प्रभावित भएको थियो। आन्तरीक मूल्याङ्कनका आधारमा परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड