Matra Education आइतबार, साउन १० २०८३

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई मनास्लुको सम्मान, कलेज टपरले पाइन् यति ठुलो पुरस्कार

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई मनास्लुको सम्मान, कलेज टपरले पाइन् यति ठुलो पुरस्कार

  • मात्र एजुकेशन
  • बिहिबार, साउन ५ २०७९


काठमाडौँ- चाबहिलको मनास्लु वर्ल्ड कलेजले शैक्षिक सत्र २०७८ को वार्षिक परीक्षामा सर्वोत्कृष्ट अकं ल्याई उत्तीर्ण भएका कक्षा ११ का विद्यार्थीहरूलाई सम्मान गरेको छ। बुधवार एक ब्याङ्क्येटमा आयोजित कार्यक्रमका बिच मनास्लुले विभिन्न संकायका विद्यार्थीहरूलाई सम्मानित गर्दै यस्तै नतिजा प्राप्त गर्नका लागि हौसला प्रदान गरेको हो।

मनास्लुका विद्यार्थी, अभिभावक, शिक्षक- शिक्षिका तथा शुभचिन्तकहरूको उपस्थितिमा सम्मान कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा कक्षा ११ मा व्यवस्थापन संकाय बाट सर्वोकृष्ट अकं ल्याएर कलेज टपर बनेकी फरिन बानु, दोस्रो स्थान हासिल गर्न सफल उक्त संकायकै आकृति खापुङ लिम्बु र तेस्रो स्थानमा विज्ञान संकायका निकेश कपालीले विशेष सम्मान पाएका थिए। कलेज टप गरेकी फरिन बानुले नगद पुरस्कार र सत प्रतिशत छात्रवृत्ति गरी जम्मा रु १ लाख बराबरको पुरस्कार प्राप्त गरेको र अरू टपर्स विद्यार्थीहरूलाई पनि कलेजले छात्रवृत्ति प्रदान गरेको मनास्लु प्रशासनले जनाएको छ।

उत्कृष्ट अकं ल्याएर कलेज टप गरेका विद्यार्थीहरूलाई कलेजका अध्यक्ष गेन्द्र लामा तथा प्रिन्सिपल राजन श्रेष्ठले अवार्ड तथा ट्रफि वितरण गरेका थिए ।

स्थापनाको छोटो समयमै अत्यधिक चर्चा कमाउन सफल मनास्लु वर्ल्ड कलेजले आफ्नो छुट्टै पहिचान बनाएको छ। हिजोआज प्लस टु पढ्नका लागि प्रि रजिस्ट्रेसन गर्ने विद्यार्थीहरूको भिड मनास्लुमा लाग्ने गरेको छ। तपाईँ उक्त कलेजको बारेमा थप जानकारी चाहनुहुन्छ भने मात्र एजुकेसनले तयार पारेको सामग्री यहाँ क्लिक गरेर पढ्न सक्नुहुन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड