Matra Education आइतबार, साउन १० २०८३

शिक्षकको बढेको तलब कार्यान्वयनमा ,कसको कति पुग्यो

शिक्षकको बढेको तलब कार्यान्वयनमा ,कसको कति पुग्यो

  • मात्र एजुकेशन
  • आइतबार, साउन १ २०७९


काठमाडौँ – आजदेखि शिक्षकको बढेको तलब लागु भएको छ ।सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत राष्ट्रसेवक कर्मचारीको तलबमा १५ प्रतिशत वृद्धि गरेको थियो ।

राष्ट्रसेवक कर्मचारीअन्तर्गत शिक्षक पनि पर्ने भएकाले आजदेखि माध्यमिक तहको शिक्षकको तलब ४३ हजार ६८९ पुगेको छ ।त्यसैगरी निम्न माध्यमिक तहको शिक्षकको तलब ३४ हजार ७३० र प्राथमिक तहको शिक्षकको ३२ हजार ९०२ पुगेको छ ।

यो तलबमानमा २ हजार महंगीभत्ता पनि थप हुनेछ ।त्यसैगरी प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) का लागि पनि संघीय सरकारले बढाएको २ हजार रूपैयाँ लागु भएको छ ।

यही महिनादेखि इसीडी शिक्षकलाई संघीय सरकारले १० हजार रूपैयाँ पठाउनेछ । ७ हजार रूपैयाँ स्थानीय सरकारले दिनुपर्ने हुन्छ ।विद्यालय कर्मचारीको तलबको विषयमा भने संघीय सरकारले केही निर्णय गरेको छैन ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड