Matra Education आइतबार, साउन १० २०८३

निसानमा सौर्यनाथ आचार्यको नेतृत्व, यस्तो छ पुरा कार्यसमिति (विद्यालयको विवरण सहित)

निसानमा सौर्यनाथ आचार्यको नेतृत्व, यस्तो छ पुरा कार्यसमिति (विद्यालयको विवरण सहित)

  • मात्र एजुकेशन
  • शनिबार, असार ३२ २०७९


काठमाडौँ- राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (निसान) को तेस्रो अधिवेशनले सौर्यनाथ आचार्यको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । गत बिहीबार ओसिस पार्टी प्यालेसमा सम्पन्न अधिवेशन मार्फत निवर्तमान अध्यक्ष ओम प्रसाद ढकालले सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरी नेतृत्व हस्तान्तरण गरेका हुन्। निसानले निजी शैक्षिक संस्थाका विभिन्न छाता संगठनका प्रतिनिधिहरू सहित शिक्षा क्षेत्रका दिग्गज व्यक्तित्त्वहरुको उपस्थितिमा आफ्नो अधिवेशन सम्पन्न गरेको हो।

निसानको तेस्रो अधिवेशनबाट गोकर्णेश्वर लाइट एकेडेमी, माकलबारीका सौर्यनाथ आचार्य अध्यक्ष निर्वाचित हुँदा श्रीयन्त्र स्कुल मुलपानीका अरुण पौडेलले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाएका छन्। त्यस्तै चार्ल्स डार्विन स्कुल नयाँवस्तीका युवराज काफ्ले र त्रिकोण पब्लिक स्कुल नारायणटारका जित बहादुर बस्नेत उपाध्यक्ष चयन हुँदा जिवनतारा एकेडेमी आरुबारीका नवराज सापकोटा महासचिव चयन भएका छन्।

उप महासचिव पनि दुई जना रहने व्यवस्था अनुसार विद्या आर्जन स्कुल मुलपानीका घनेन्द्र भट्टराई उपमहासचिव बन्दा लुम्बिनी बिगिनर्स स्कुलका अरुण प्रधानले पनि सोही जिम्मेवारी पाएका छन्। यसैगरी प्रारम्भ एकेडेमी मुलपानीका राजेश घिमिरे र आइलेन्स इङ्लिस स्कुल बेसीगाउँका अर्जुन दाहालले सचिवको पदभार सम्हालेका छन्।

निसानाको तेस्रो अधिवेशनले केब्स स्कुल टुसालका सुरेश कुमार भट्टराईलाई कोषाध्यक्ष र लिबर्टी एकेडेमी अत्तरखेलकी पुष्पा प्रधानलाई सह कोषाध्यक्षका रूपमा छनोट गर्दा बाल सृजना स्कुल नारायणटारका दोर्जे शेर्पा, हिल साइड एकेडेमी जहरसिङपौवाका रबिन्द्र राज मिश्र, मेलम्ची कम्युनिटी स्कुल मेलम्चीका दिनेश बस्नेत, मिल्की वे स्कुल अर्यालगाउँका डम्बर भट्टराई, जिनियस इङ्लिस स्कुल सुन्दरिजलकी रमा पोखरेल, अल्पाइन एकेडेमी डांछिका शिवमणि ढकाल, बाल ज्योति स्कुल नारायणटारका विक्रम पौडेल र वर्ल्ड युथ स्कुल गोकर्णका निराजन सेढाँई सहित ८ जना कार्यसमिति सदस्य बनेका छन्।

अधिवेशन पश्चात् नवनिर्वाचित अध्यक्ष आचार्यले सबैलाई धन्यवाद व्यक्त गर्दै संस्थागत विद्यालयको हकहितका लागि सबै सँग सहकार्य गर्दै संगठन विस्तार गरिने बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड