काठमाडौँ- कालीकोटको शुभकालिका गाउँपालिकाले गाउँपालिकाअन्तर्गत काम गरिरहेका करार कर्मचारी हटाएको छ।
असार ११ गतेको गाउँसभाबाट आर्थिक वर्ष २०७९/८० देखि करार कर्मचारीको अवधि नथप्ने निर्णय गरेको हो।
असार २४ गतेको मितिमा सूचना प्रकाशित गर्दै साउन १ गतेदेखि कामकाज नगर्न करार कर्मचारीलाई सूचित गरेको छ।
‘गाउँपालिकाको समानीकरण अनुदानबाट तलब भत्ता भुक्तानी भई २०७४ देखि करारमा रहेका कर्मचारीहरूको मिति २०७९/४/१ गतेदेखि करार सम्झौता नवीकरण नहुने निर्णय भएकोले अर्को निर्णय नभएसम्म हाजिर भई कामकाज नगर्नु हुन सूचित गरिन्छ,’ सूचनामा भनिएको छ।
