काठमाडौं- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक कर्मचारीको अपुग तलव भत्ता निकास भएको जनाएको छ । चालु आर्थिक वर्ष २०७८ /०७९ को शिक्षकको तलब भत्ता र बालविकास सहजकर्ता विद्यालय कर्मचारीको पारिश्रमिक अनुदानका लागि नपुग बजेट सबै स्थानीय तहमा पठाइएको जनाएको हो ।
नपुग बजेट सम्बन्धमा शिक्षक तलब भत्ताको हकमा ब.उ.शी.नं. ३५००००१४ क्रियाकलाप नं, १.१.१.७० आधारभूत तथा माध्यामिक तहमा स्विकृत दरबन्दी तथा अनुदानमा कार्यरत शिक्षकको थप तलव भत्ता शिर्षकमा बजेट स्विकृत भई स्थानीय तहको एलएमबीआइएस प्रविष्ट भैसकेको जनाएको छ ।
त्यसैगरी बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकको हकमा ब.उ.शी.नं. ३५०००८०१ क्रियाकलाप नं. १.३.४.२ प्रारम्भिक बालविकास सहजकर्ताहरुको परिश्रमिक तथा विद्यालय कर्मचारी व्यवस्थापन थप अनुदान शिर्षकमा बजेट स्विकृत भइसकेको छ ।
