Matra Education आइतबार, साउन १० २०८३

स्कुल छोडेका विद्यार्थीबारे पेरिस पुगेर यसो भने शिक्षामन्त्रीले

स्कुल छोडेका विद्यार्थीबारे पेरिस पुगेर यसो भने शिक्षामन्त्रीले

  • मात्र एजुकेशन
  • बिहिबार, असार १६ २०७९


काठमाडौँ – शिक्षा मन्त्री देवेन्द्र पौडेलले विभिन्न कारणले विद्यालय छाडेका बालबालिकालाई शिक्षाको पहुँचमा पुर्‍याउने बताएका छन् । पेरिसमा आयोजित ट्रान्सफर्मिङ एजुकेसन प्रि-समिटमा नेपालको तर्फबाट वक्तव्य दिँदै मन्त्री पौडेलले विद्यालय छोडेका बालबालिकालाई शिक्षाको पहुँचमा पुर्‍याउने बताएका हुन् ।

विद्यालयमा शैक्षिक सामग्री नपुगेका ठाउँमा पुर्‍याउन नेपाल सरकार प्रतिबद्ध रहेको उनले बताए । शिक्षकहरू मार्फत शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन ठोस कदम चालिने मन्त्री पौडेलको भनाइ छ ।

राष्ट्रिय शिक्षा र स्थानीय तहको शिक्षा बीचको खाडललाई अन्त्य गर्ने उनले प्रतिबद्धता जाहेर गरे। शिक्षाको बजेट समेत वृद्धि गर्ने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड