Matra Education आइतबार, साउन १० २०८३

टेक्सस इन्टरनेसनल स्कुलमा विद्यालय निर्वाचन सम्पन्न

टेक्सस इन्टरनेसनल स्कुलमा विद्यालय निर्वाचन सम्पन्न

  • मात्र एजुकेशन
  • शुक्रबार, असार १० २०७९


काठमाडौँ- सिफलमा रहेको टेक्सस इन्टरनेसनल स्कुलमा विद्यालय निर्वाचन सम्पन्न भएको छ। शुक्रवार विद्यालय परिसरमा आयोजित भोटिङ कार्यक्रम मार्फत विद्यालयले विद्यार्थीहरूकै भोटमा आधारित रहेर विभिन्न पदमा नेतृत्व गर्ने विद्यार्थीहरूको छनोट गरेको हो।

विद्यालयले निर्वाचन मार्फत स्कुल क्याप्टेन, स्कुल भाइस–क्याप्टेन र ४ सदनको क्याप्टेन, भाइस–क्याप्टेन छनोट गरेको हो। कार्यक्रम पश्चात् मात्र एजुकेसन सँग कुरा गर्दै टेक्सस इन्टरनेसनल स्कुलका प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठले प्रयोगात्मक र व्यवहारिक ज्ञान सधैँ विद्यालयको प्राथमिकतामा पर्ने हुँदा यो कार्यक्रम त्यसैको निरन्तरता भएको प्रतिक्रिया दिए। विद्यार्थीहरूले सामाजिक विषयमा पढ्दै आएको लोकतन्त्र र निर्वाचन प्रणाली बुझाउन कार्यक्रम सफल हुने उनको विश्वास थियो। विद्यार्थीहरूकै सहभागिता र मुख्य भूमिकामा निर्वाचनका सबै प्रक्रिया सम्पन्न भएको हो।

निर्वाचनबाट स्कुल क्याप्टेनमा कक्षा १० मा अध्ययनरत कृश शाह निर्वाचित भएका छन् भने स्कुल भाइस–क्याप्टेनमा कक्षा ९ मा अध्ययनरत सौजन्य आचार्य विजयी भएका छन् । त्यस्तै ४ सदनको क्याप्टेन र भाइस–क्याप्टेनको लागि ब्लु हाउस क्याप्टेनमा कक्षा ८ मा अध्ययनरत क्षितिज पोखरेल र भाइस क्याप्टेनमा कक्षा ८ मा अध्ययनरत श्रेया पौडेल विजयी भएकी छिन् । ग्रिन हाउसको क्याप्टेनमा कक्षा ९ मा अध्ययनरत निराजन कार्की विजयी हुँदा भाइस–क्याप्टेनको पद लिन कृष्टिना त्रिपाठी सफल भएकी छिन् । रेड हाउस क्याप्टेनमा कक्षा ८ मा अध्ययनरत प्रिया न्यौपाने विजयी भएकी छिन् भने भाइस–क्याप्टेनमा कक्षा ७ मा अध्ययनरत काजोल पोखरेल विजयी भएकी छिन् । यस्तै एल्लो हाउस क्याप्टेनमा कक्षा ९ मा अध्ययनरत अनुप डंगोल र भाइस–क्याप्टेनमा कक्षा ७ मा अध्ययनरत अवन्तीका खत्री विजयी भएका छन् ।

निर्वाचन कार्यक्रमका तस्बिरहरू हेर्नुहोस्:

         

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड