Matra Education आइतबार, साउन १० २०८३

फेकनको ११औँ वार्षिक साधारणसभा असार १८ गते हुने

फेकनको ११औँ वार्षिक साधारणसभा असार १८ गते हुने

  • मात्र एजुकेशन
  • शुक्रबार, असार १० २०७९


काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल ( फेकन) ले असार १८ गते ११औँ वार्षिक साधारणसभा गर्ने भएको छ।

संस्थाका महासचिव राजु निरौलाद्वारा जारी गरिएको एक सूचना अनुसार संस्थाले ११औँ वार्षिक साधारणसभा मिति २०७९ असार १८ गते शनिबार बिहान ८:०० बजे होटल याक एण्ड यति दरबारमार्गमा सम्पन्न गर्ने भएको हो। संस्थाको यही मिति २०७९/०३/०३ गते बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो।

यस सम्बन्धी थप जानकारीको लागि स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) केन्द्रीय कार्यालय डिल्लीबजारमा सम्पर्क गर्न संस्थाले आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड