काठमाडौँ- मन्टेश्वरी तथा प्रि-स्कुलहरूको छाता संगठन अपेनले शपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ। केही महिना अघि सम्पन्न अपेनको स्थानीय तहको अधिवेशन बाट निर्वाचित पदाधिकारीहरूलाई शपथ ग्रहण गराउनका लागी कार्यक्रम आयोजना गरिएको थियो । शनिवार युनिभर्सल क्याफे सुकेधारामा आयोजित एक कार्यक्रमका बिच अपेनले विभिन्न स्थानीय तहका नवनिर्वाचित कार्यसमितिहरूलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेको हो।
कार्यक्रममा काठमाडौँ जिल्लाका अपेनका कार्यसमितिहरू काठमाडौँ महानगर कार्यसमिति, बुढानीलकण्ठ नगर कार्यसमिति, टोखा नगर कार्यसमिति, तारकेश्वर नगर कार्यसमिति, गोकर्णेश्वर नगर कार्यसमिति र नागार्जुन नगर कार्यसमितिको शपथ ग्रहण भएको थियो । त्यस्तै ललितपुर जिल्लाबाट ललितपुर महानगर कार्यसमिति, महालक्ष्मी नगर कार्यसमिति, गोदावरी नगर कार्यसमितिको शपथ भएको थियो भने भक्तपुर जिल्ला बाट सुर्यविनायक नगर कार्यसमिति, मध्यपुर ठिमी नगर कार्यसमिति, भक्तपुर नगर कार्यसमितिको पनि शपथ ग्रहण भएको थियो।
अपेनले कार्यक्रम मार्फत नगर संयोजक समितिहरूको समेत शपथ ग्रहण गराएको थियो । जस अन्तर्गत चन्द्रागिरि संयोजक समिति, मनोहरा संयोजक समिति, कीर्तिपुर संयोजक समिति, चाँगुनारायण संयोजक समितिको शपथ ग्रहण भएको थियो।
अपेन मन्टेश्वरी प्रि स्कुलहरूको पक्षमा निरन्तर पैरवी गर्दै आएको संस्था हो।
उक्त कार्यक्रमको फोटो फिचर हेर्नुहोस्:

