काठमाडौँ- मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता संगठन अपेनले शपथ ग्रहण कार्यक्रम आयोजना गर्ने भएको छ। भर्खरै सम्पन्न अपेनको स्थानीय तहको अधिवेशन बाट निर्वाचित पदाधिकारीहरूलाई शपथ ग्रहण गराउनका लागी कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम आगामी असार ४ गते १ बजे युनिभर्सल क्याफे सुकेधारामा आयोजना गरिएको छ।
कार्यक्रममा काठमाडौँ जिल्लाका अपेनका कार्यसमितिहरू काठमाडौँ महानगर कार्यसमिति, बुढानीलकण्ठ नगर कार्यसमिति, टोखा नगर कार्यसमिति, तारकेश्वर नगर कार्यसमिति, गोकर्णेश्वर नगर कार्यसमिति र नागार्जुन नगर कार्यसमितिको शपथ ग्रहण हुने छ। त्यस्तै ललितपुर जिल्लाबाट ललितपुर महानगर कार्यसमिति, महालक्ष्मी नगर कार्यसमिति, गोदावरी नगर कार्यसमितिको शपथ ग्रहण हुनेछ भने भक्तपुर जिल्ला बाट सुर्यविनायक नगर कार्यसमिति, मध्यपुर ठिमी नगर कार्यसमिति, भक्तपुर नगर कार्यसमितिको पनि शपथ ग्रहण हुनेछ।
कार्यक्रम मार्फत नगर संयोजक समितिहरूको समेत शपथ ग्रहण गराउने तयारी अपेनले गरेको छ। यस अन्तर्गत चन्द्रागिरि संयोजक समिति, मनोहरा संयोजक समिति, कीर्तिपुर संयोजक समिति, चाँगुनारायण संयोजक समितिको शपथ ग्रहण हुनेछ।
स्थानीय तहमा सशक्त टिम निर्वाचित भएर आएकाले यो शपथ ग्रहण पछि अपेन र यसका गतिविधिहरूले अझै उचाइ लिने अपेनका केन्द्रीय सदस्य तथा बागमती प्रदेश संयोजक कृष्ण कुमार बोहरा बताउँछन्। उनका अनुसार अपेन छिट्टै आफ्नो केन्द्रीय महाधिवेशन सम्पन्न गरेर अझै सक्रिय टिम बनाउने तयारीमा छ।
अपेन मन्टेश्वरी प्रि स्कुलहरूको पक्षमा निरन्तर पैरवी गर्दै आएको संस्था हो।