Matra Education आइतबार, साउन १० २०८३

शिक्षामन्त्रीले संसदमै गरे बालविकास शिक्षकको तलब बढाइएको घोषणा

शिक्षामन्त्रीले संसदमै गरे बालविकास शिक्षकको तलब बढाइएको घोषणा

  • मात्र एजुकेशन
  • मंगलबार, जेष्ठ ३१ २०७९


काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विकास शिक्षकको तबल वृद्धि भएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले २०७८/७९ मा संघीय सरकारले दिँदै आएको ८ हजारमा २ हजार थप गरी १० हजार तलब पुर्‍याएको जानकारी दिए ।

‘चालु आर्थिक वर्ष २०७८/०७९ मा संघीय सरकारबाट ८ हजार र स्थानीय तहबाट ७ हजार गरी न्यूनतम मासिक १५ हजार उपलब्ध हुने व्यवस्था गरिएको हो,’ उनले भने, ‘विकास शिक्षकको हकमा संघीय सरकारबाट २ हजार थप गरी १० हजार उपलब्ध गराउने गरी बजेटको व्यवस्था गरिएको छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड