Matra Education आइतबार, साउन १० २०८३

प्रधानमन्त्री देउवा पढेको कलेजलाई नै वेवास्ता, भवन पुनर्निर्माण हुनुपर्ने माग सहित विद्यार्थी आन्दोलित

प्रधानमन्त्री देउवा पढेको कलेजलाई नै वेवास्ता, भवन पुनर्निर्माण हुनुपर्ने माग सहित विद्यार्थी आन्दोलित

  • मात्र एजुकेशन
  • मंगलबार, जेष्ठ ३१ २०७९


काठमाडौं- भूकम्पबाट पूर्ण रुपमा क्षति भएको भवन पुनर्निर्माण हुनुपर्ने माग गर्दै काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले सडकमै बसेर पढेर सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

भूकम्पबाट क्षति पुगेको लामो समय हुँदा पनि क्याम्पस भवन पुनर्निर्माणमा चासो नदेखाएको भन्दै बिद्यार्थीहरुले सडकमै पढेर ध्यानाकर्षण गराएका हुन् ।

उनीहरुले ‘भवन पुनर्निर्माण गर’, ‘हामी पढ्न चाहन्छौं’, ‘भ्युटावर चाहि बन्ने त्रिचन्द नबन्ने’, ‘इतिहास ढल्दैछ, सरकार मौन छ’, ‘शिक्षा मन्त्रालय हराएको सूचना’ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

नेपालको इतिहासकै रुपमा रहेको त्रिचन्द्र क्याम्पसको भवन पुनर्निर्माणमा सरकारको ध्यान नगएको भन्दै प्रदर्शन गर्नुपरेको विद्यार्थीहरुको भनाइ छ । १०४ वर्षको इतिहास बोकेको त्रिचन्द्र क्याम्पसको अवस्था दयनीय बनेपछि विद्यार्थीहरु क्याम्पस बचाउ अभियानमा लागेका हुन् ।

२०७२ सालको भूकम्पले भत्काएको त्रिचन्द्र क्याम्पसको पुरानो भवन पुनर्निर्माण नहुँदा थप जीर्ण बन्दै गएको छ  । त्रिचन्द्र क्याम्पसको घन्टाघरतर्फको भवन १९७५ सालमै बनेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड