काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा तथा अन्तर्वार्ता सम्बन्धी सूचना प्रकाशित गरेको छ।
सोमबार एक सूचना जारी गर्दै आयोगले विज्ञापन नं. ११/७८/७९ माध्यमिक तह, द्वितीय श्रेणी शिक्षक पदको मिति २०७८/१२/२१ गते लिइएको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षामा सम्मिलित भएका उम्मेदवारहरूको नतिजा प्रकाशित गरेको जनाएको हो। साथै आयोगले सफल भनेर नाम प्रकाशित भएका उम्मेदवारहरूलाई तोकिएको मिति, समय र स्थानमा हुने अन्तर्वार्ताको लागि छनोट गर्ने गरी मिति २०७९/०२/२९ गते निर्णय भएको जनाएको छ।
सूचना हेर्नुहोस्:


