Matra Education आइतबार, साउन १० २०८३

माध्यमिक तहको लाइसेन्स परीक्षा दिँदै हुनुहुन्छ ? तपाईँका लागि आयोगले जारी गर्‍यो महत्त्वपूर्ण सूचना

माध्यमिक तहको लाइसेन्स परीक्षा दिँदै हुनुहुन्छ ? तपाईँका लागि आयोगले जारी गर्‍यो महत्त्वपूर्ण सूचना

  • मात्र एजुकेशन
  • शनिबार, जेष्ठ २८ २०७९


काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले माध्यमिक तहको अध्यापन अनुमतिपत्रको प्रवेशपत्र प्रिन्ट गर्न सूचित गरेको छ।

आयोगबाट मिति २०७८/१२/३० गते प्रकाशित माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन-२०७८ बमोजिम दरखास्त फाराम भर्ने व्यक्तिहरूलाई प्रवेश पत्र प्रिन्ट गर्न सूचित गरिएको हो। दरखास्त फाराम भर्ने उम्मेदवारहरूले फारम भर्दा प्रयोग गरिएको इमेल र पासवर्ड बाट लगइन गरेर दरखास्त पेस गरेको विवरणहरूमा क्लिक गरी ‘भ्यु’ मा क्लिक गरेर प्रवेशपत्र डाउनलोड गरी प्रिन्ट गर्न सक्ने आयोगले जनाएको छ।

प्रवेशपत्रको प्रतिलिपि दिने व्यवस्था नभएकाले प्रवेशपत्र सुरक्षित साथ राख्न र परीक्षामा सहभागी हुन आउँदा साथमा अनिवार्य रूपमा ल्याउन समेत आयोगले अनुरोध गरेको छ।

माध्यमिक तहको अध्यापन अनुमतिपत्रको प्रवेशपत्र प्रिन्ट गर्ने सम्बन्धी सूचना हेर्नुहोस्:

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड