Matra Education आइतबार, साउन १० २०८३

त्रिविको चरम लापरबाही : एमएको अर्को प्रश्नपत्र पनि हुबहु

त्रिविको चरम लापरबाही : एमएको अर्को प्रश्नपत्र पनि हुबहु

  • मात्र एजुकेशन
  • बिहिबार, जेष्ठ २६ २०७९


काठमाडौँ – त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्काय, डीनको कार्यालयको एकपछि अर्को लापरबाही सार्वजनिक हुँदै गएको छ ।

स्नातकोत्तर तह तेस्रो सेमेस्टरमा पब्लिक अर्थशास्त्रको प्रश्न पत्र अघिल्लो वर्षसँग हुबहु मेल खाएको घटनाबारे अनुसन्धान जारी हुँदै गर्दा राजनीतिशास्त्र विषयमा पनि सोही समस्या दोहोरिएको छ ।

जेठ २३ गते सञ्चालित स्नातकोत्तर तहतर्फ पहिलो सेमेस्टरको राजनीतिशास्त्र विषयतर्फ अन्तर्राष्ट्रिय राजनीति ९इन्टरनेशनल पोलिटिक्स–५५३० विषयको अन्तिम परीक्षामा अघिल्लो वर्षको प्रश्न पत्र आएपछि विद्यार्थीहरू अलमलमा परेका छन् ।

सामान्यतया आक्कलझुक्कल एकाध प्रश्न दोहोरिनु स्वाभाविक भए पनि पुरै सेट नै एउटै हुनुले नियतवश र नियोजित रूपमा श्रृङ्लावद्ध प्रश्नपत्रहरु दोहोरिएको आशंका गर्न थालिएको छ ।

अहिले सन् २०२१ को परीक्षा सञ्चालन भइरहेको र सन् २०२० को परीक्षामा आएका प्रश्नहरू सबै मेल खाएको घटना सामान्य होइन । यसले प्रश्न पत्रको गोपनीयतामाथि नै प्रश्न उठेको छ ।

सम्बन्धित विषय समितिको अध्यक्ष समेत रहेका राजनीतिशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख रामकृष्ण तिवारी समेत प्रश्न पत्र दोहोरिएकोप्रति जिम्मेवार रहेको डीन कार्यालयका कर्मचारी बताउँछन् ।

अन्तर्राष्ट्रिय राजनीति–५५३ को पहिलो खण्डको लामो उत्तरको १० नम्बरको तीन वटै प्रश्न पत्र हुबहु मिलेको छ । दोस्रो खण्डको ५र५ नम्बरको १० वटा प्रश्नहरू क्रमसंख्या तलमाथि गरेर सबै मिलेको देखिन्छ ।

२०२१ को परीक्षाको प्रश्नमा २०२० मा सोधिएको ११ नं.को प्रश्न ४ मा, १२ नं।को ६ मा, १२ नं.को ७ मा, ७ नं.को ८ मा, ८ नं.को ९ मा, ९ नं.को १० मा, १० नं.को ११ मा र ४ नं.को १२ नं।मा सोधिएको छ । ५ र १३ क्रमसंख्या भने उही रहेको छ ।

सन् २०२० र २०२१ को प्रश्न पत्र जस्ताको त्यस्तै

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड