Matra Education आइतबार, साउन १० २०८३

माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि यति धेरैले दिए आवेदन, कुन प्रदेशमा सबैभन्दा बढी ?

माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि यति धेरैले दिए आवेदन, कुन प्रदेशमा सबैभन्दा बढी ?

  • मात्र एजुकेशन
  • मंगलबार, जेष्ठ १० २०७९


काठमाडौँ- शिक्षक सेवा आयोगले विज्ञापन गरेको माध्यमिक तहको अध्यापन अनुमतिपत्रको लागि ६७ हजार २ सय ६८ जनाले आवेदन दिएका छन् । आयोगले २०७९ बैशाख २९ गतेसम्म सिंगल दस्तुरमा र जेठ ५ गतेसम्म अबिलम्ब (दोब्बर) शुल्कमा परीक्षा आवेदन दरखास्त फाराम भर्नका लागि विज्ञापन गरेको थियो ।

कुल आवेदक मध्ये ६५ हजार १ सय ७० आवेदकहरूले मात्र अध्यापन अनुमति पत्रको परीक्षामा सामेल हुन पाउने आयोगले जनाएको छ। आवेदन दिएका मध्ये दरखास्त भरेका तर शुल्क नतिरेका, आधा शुल्क मात्र तिरेका र फारम भर्दा बिगारेका उम्मेदवारहरूले परीक्षा दिन पाउने छैनन् ।

आयोगका अनुसार प्रदेश १.मा १० हजार ९४ जनाले आवेदन दिएका छन् । मधेस प्रदेशमा ८ हजार ६ सय ९७ , बागमती प्रदेशमा १७ हजार ७८, गण्डकी प्रदेशमा ५ हजार ६ सय ९६, लुम्बिनी प्रदेशमा १० हजार ९ सय ६२, कर्णाली प्रदेशमा ५ हजार ८ सय १३ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ८ सय ३६ जनाले आवेदन दिएका छन् ।

परीक्षा असार १८ गते प्रदेशगत रूपमा सञ्चालन हुँदै छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड