काठमाडौँ- शिक्षक सेवा आयोगले पुनर्योग नतिजा सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ।
शुक्रबार एक सूचना जारी गर्दै आयोगले माध्यमिक तहको नतिजा चित्त नबुझी पुनर्योगका लागि निवेदन दिने उम्मेदवारहरूको नतिजा परिवर्तन नभएको जनाएको हो।
सूचनामा लेखिएको छ, “शिक्षक सेवा आयोगबाट मिति २०७९/०१/२० गते प्रकाशित माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) को नतिजामा चित्त नबुझी पुनर्योगका लागि निवेदन दिने उम्मेदवारहरूको नतिजा पुनर्योग गर्दा साविकको नतिजामा कुनै फेरबदल नभई यथावत् रहेको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि आयोगको मिति २०७९/०२/०५ को निर्णयअनुसार सूचित गरिन्छ” ।