काठमाडौँ- शिक्षक सेवा आयोगले भोलि वैशाख २९ गते प्राथमिक तहको नतिजा प्रकाशित गर्ने तयारी गरेको छ। प्राथमिक तहको रिक्त शिक्षक पदपूर्तिका लागि लिइएको प्रतियोगितात्मक (सामान्य) परीक्षाको नतिजा भोलि सार्वजनिक हुने भएको हो। केही समयअघि मात्र एजुकेसनले वैशाखभित्रै नतिजा प्रकाशित हुने खबर सार्वजनिक गरेको थियो।
लामो समयपछि खुलेको आयोगले गत चैत १९ गते प्राथमिक तहको परीक्षा सञ्चालन गरेको थियो। प्राथमिक तहको १३ हजार २ सय ९७ रिक्त शिक्षक पदका लागि १ लाख १३ हजार ४ सय ४५ जनाले आवेदन दिएका थिए ।
आयोगले यसअघि माध्यमिक र निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गरिसकेको छ।
मात्र एजुकेसनले तपाईँलाई नतिजा प्रकाशित भएपछि हेर्ने तरिकासहित अपडेट गराउनेछ ।