Matra Education आइतबार, साउन १० २०८३

हट्यो बिदा सम्बन्धी अन्योल, अब हप्तामा दुई दिन शैक्षिक संस्था बन्द रहने

हट्यो बिदा सम्बन्धी अन्योल, अब हप्तामा दुई दिन शैक्षिक संस्था बन्द रहने

  • मात्र एजुकेशन
  • बुधबार, बैशाख २८ २०७९


काठमाडौँ – अबदेखि हप्तामा दुई दिन शैक्षिक संस्था बन्द हुने भएक छन् । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा गर्ने निर्णय गरेसँगै शैक्षिक संस्थाको हकमा के गर्ने भन्ने विषयको अन्योलको अन्त्य गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हप्तामा दुई दिन शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।

मन्त्रालय आजको बैठकले मुख्य गरी अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि र नेपालको विदेशी मुद्रा सञ्चितिमा आएको गिरावटका कारण देखाउँदै परीक्षणका लागि हप्तमा दुई दिन विदा दिने निर्णय गरेको हो ।वर्ष भरी सातामा दुई दिन बिदा गर्दा सरकारी कार्यालयमा विद्युत, इन्धन, खानेपानी लगायतमा वर्षभरिमा कम्तीमा डेढ अर्ब रुपियाँ बचत हुने देखाएको थियो ।

सरकारले वैशाख १४ गते जेठदेखि साताको दुईदिन विदा दिने निर्णय गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालासँग परामर्श गरेर सातामा दुई दिने विदा दिने निष्कर्षमा पुगेको हो ।

शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले सातामा दुई दिन सार्वजनिक बिदा दिने वा नदिने विषयमा सरोकारवालाको सरसल्लाह सुझावका आधारमा निर्णय गरिएको जानकारी दिए ।

मन्त्रालयले नयाँ बिदाअनुसार चालु २०७९ सालको नयाँ शैक्षिक क्यालेन्डर नै तयार गरिरहेको छ । शिक्षा नियमावलीमा प्रत्येक शैक्षिक सत्रमा कम्तीमा २२० दिन विद्यालय खुल्नुपर्ने र कम्तीमा १८० दिन पठनपाठन हुनुपर्ने व्यवस्था छ । वर्षभरि नै आइतबार शिक्षण संस्था बन्द हुने भएमा १९२ दिनमात्र विद्यालय खुल्ने देखिन्छ र बाँकी १७३ दिन विद्यालय बन्द हुनेछ । एडुपत्रबाट

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड