Matra Education आइतबार, साउन १० २०८३

टेक्सस मन्टेश्वरीको ‘प्रि स्कुल ग्राजुएसन’ सम्पन्न (फोटो फिचर सहित)

टेक्सस मन्टेश्वरीको ‘प्रि स्कुल ग्राजुएसन’ सम्पन्न (फोटो फिचर सहित)

  • मात्र एजुकेशन
  • बिहिबार, बैशाख १५ २०७९


काठमाडौँ- चाबहिलमा रहेको टेक्सस मन्टेश्वरीले ‘प्रि स्कुल ग्राजुएसन’ सम्पन्न गरेको छ। बिहीबार बिहान विद्यालय परिसरमा आयोजित एक कार्यक्रमका बिच टेक्सस मन्टेश्वरीले कक्षा युकेजी पास गरेका ३२ जना विद्यार्थीहरूलाई दीक्षित गरेको हो। टेक्सस इन्टरनेसनल एजुकेसन नेटवर्क द्वारा सञ्चालित टेक्सस मन्टेश्वरीले बालबालिकाहरूको चौतर्फी विकासका लागि विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आइरहेको छ।

कार्यक्रममा बालबालिकाहरूलाई केकको मिठो स्वाद सहित प्रोत्साहनका लागि दीक्षित भएको प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो। हालसम्म टेक्सस मन्टेश्वरीमा पढेका विद्यार्थीहरूबाट कुनै गुनासो नआएको र मन्टेश्वरीलाई अझै विस्तारित गर्ने योजनामा रहेको टेक्सस प्रशासनले जनाएको छ।

कार्यक्रम पछि मात्र एजुकेसन सँग कुरा गर्दै टेक्सस इन्टरनेसनल स्कुलका प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठले बालबालिकाहरूलाई राम्रो गरियो र मेहनत गरियो भने सम्मानित हुन पाइँदो रहेछ भन्ने भाव जगाउनका लागि कार्यक्रम आयोजना गरिएको प्रतिक्रिया दिए। यस्ता कार्यक्रमले बालबालिकामा उत्साह र उमङ्ग भर्ने र नयाँ किसिमको सिकाई पनि प्रदान गर्ने उनको भनाइ थियो।

मन्टेश्वरी देखि मास्टर्स सम्मको कक्षाहरू सञ्चालन गरिरहेको टेक्सस इन्टरनेसनल एजुकेसन नेटवर्क चाबहिलमा रहेको उत्कृष्ट शैक्षिक संस्थाका रूपमा परिचित छ।

उक्त कार्यक्रमको फोटो फिचर हेर्नुहोस्:

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड