Matra Education आइतबार, साउन १० २०८३

दुई वर्षपछि आजदेखि भौतिक उपस्थितिमा एसईई परीक्षा सञ्चालन हुँदै

दुई वर्षपछि आजदेखि भौतिक उपस्थितिमा एसईई परीक्षा सञ्चालन हुँदै

  • मात्र एजुकेशन
  • शुक्रबार, बैशाख ९ २०७९


काठमाडौं- दुई वर्षपछि आजदेखि भौतिक उपस्थितिमा माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा सुरु हुँदैछ । परीक्षा बोर्डका अनुसार यस वर्षको एसईईमा ५ लाख १४ हजार ७६० जना परीक्षार्थी सहभागी हुँदैछन् ।

एसईई परीक्षाका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तय गरिएको बोर्डले जनाएको छ ।

दुई वर्ष कोरोना महामारीका कारण भौतिक उपस्थितिमा बोर्ड परीक्षा हुन सकेको थिएन । यस पटक एसईई भौतिक रुपमै हुन लागेको हो । दुई वर्ष आन्तरिक मूल्यांकनबाट विद्यार्थीलाई एसईई पास गराइएको थियो ।

परीक्षा वैशाख २० गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड