Matra Education आइतबार, साउन १० २०८३

कहिले प्रकाशित हुन्छ माविको नतिजा? यसो भन्छन् आयोगका प्रवक्ता

कहिले प्रकाशित हुन्छ माविको नतिजा? यसो भन्छन् आयोगका प्रवक्ता

  • मात्र एजुकेशन
  • बुधबार, बैशाख ७ २०७९


काठमाडौँ- शिक्षक सेवा आयोगले खुला र बढुवा तर्फको परीक्षा सकेर अध्यापन अनुमतिपत्रको लागि फारम खोलेको छ। यतिबेला धमाधम माविको फारम भर्ने कार्य भइरहेको छ भने त्यसलगत्तै आयोगले निमावि र प्राविको लाइसेन्सको फारम पनि खोल्ने बताएको छ। यतिबेला भने प्रथम पत्रको परीक्षा दिएकाहरू माविको नतिजाको पर्खाइमा छन्। नतिजा कहिले प्रकाशित होला भन्ने कौतुहलता सबैलाई छ।

मात्र एजुकेसनले यो प्रश्न आयोगका सूचना अधिकारी सुदर्शन मरहट्ठालाई राखेको थियो। उनले वैशाख महिना भरिमा नतिजा प्रकाशित गर्नुपर्छ भन्ने मान्यताका साथ आयोग अगाडी बढिरहेको बताए। यतिबेला रुजु गर्ने, स्क्यान गर्ने कामहरू भइरहेकाले तिनै तहको नतिजा यो महिना भित्रमा प्रकाशित गरिसक्ने तयारी आयोगको रहेको उनको भनाइ थियो।

बजारमा हल्ला सुनिएजस्तो आज वा भोलि नै नतिजा आउनेमा सत्यता नरहेको भन्दै उनले सक्दो छिटो गर्ने तयारीमा आयोग पनि रहेको बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड