Matra Education आइतबार, साउन १० २०८३

विद्यालय कर्मचारीलाई उचित तलब कायम गर्न परिषद्को अनुरोध

विद्यालय कर्मचारीलाई उचित तलब कायम गर्न परिषद्को अनुरोध

  • मात्र एजुकेशन
  • मंगलबार, बैशाख ६ २०७९


काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालय कर्मचारीहरूको तलबमान सरकारले तोके बमोजिम कायम गर्न अनुरोध गरेको छ । परिषद्ले आव २०७९–०८० को वार्षिक बजेटमा उचित तलब कायम गर्ने व्यवस्थाका लागि पहल गरिदिन नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिसँग आग्रह गरेको हो।

काम गरेअनुसारको तलब नपाई विद्यालय कर्मचारीहरू ९विद्यालय सहायक, लेखापाल र विद्यालय सहयोगी० ले हालसम्म नेपाल सरकारबाट झिनो अनुदानमा मात्र काम गर्नु पर्ने बाध्यता रहेकोले तलब कायम गराउन पहल गर्न आग्रह गरेको हो ।

परिषद्, राष्ट्रिय समितिको हालै बसेको बैठकले नेपाल सरकारका सामुदायिक विद्यालयमा विगत लामो समय देखि कार्यरत विद्यालय कर्मचारीहरूको तलबमान कायम गर्न गराउन महासंघ, राष्ट्रिय समितिलाई अनुरोध गर्ने निर्णय गरेको हुनाले उक्त कार्यका लागि गम्भीरता पूर्वक आवश्यक पहल कदमी गर्न अनुरोध गरेको परिषद्का अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड