Matra Education आइतबार, साउन १० २०८३

कहिले खुल्छ निमावि लाइसेन्सको फारम? यसो भन्छन् आयोगका प्रवक्ता

कहिले खुल्छ निमावि लाइसेन्सको फारम? यसो भन्छन् आयोगका प्रवक्ता

  • मात्र एजुकेशन
  • सोमबार, बैशाख ५ २०७९


काठमाडौँ- शिक्षक सेवा आयोगले खुला र बढुवा तर्फको परीक्षा सकेर अध्यापन अनुमतिपत्रको लागि फारम खोलेको छ। यतिबेला धमाधम माविको फारम भर्ने कार्य भइरहे पनि निमावि र प्राविको कहिले खुल्छ भन्ने कौतुहलता यो क्षेत्र सँग सरोकार राख्ने सबैको छ। मात्र एजुकेसनले आज त्यही जिज्ञासा मेटाउने काम गरेको छ।

असार १८ गते माविको शिक्षक लाइसेन्स परीक्षा लिने तयारी गरेको आयोगले निमाविको फारम माविको सकिए लगत्तै खोल्ने तयारी गरेको जनाएको छ। सोमबार मात्र एजुकेसन सँग कुरा गर्दै आयोगका सूचना अधिकारी सुदर्शन मरहट्ठाले निमावि र प्राविका लागि एउटै शैक्षिक योग्यता भएको र यो वर्षबाट निमावि सम्मको पाठ्यक्रम पनि परिवर्तन भएकाले आवश्यक तयारी गरेर फारम खोल्ने योजनामा आयोग रहेको बताए।

उनले आयोगले फारम भर्ने सबै काम अनलाइन प्रणालीमा लागेको स्मरण गराउँदै माविको फारम संकलन गर्ने काम सकिएपछि मात्रै अन्य तहको खोलिने जानकारी दिए। यसो गर्दा सर्भर लगायतका समस्या झेल्नु नपर्ने र सुलभ रूपमा सेवा प्रवाह गर्न सकिने उनको तर्क छ। कुनै प्राविधिक समस्या नआएमा जेठको तेस्रो हप्ता सम्म फारम खुल्न सक्ने उनको भनाइ थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड