Matra Education आइतबार, साउन १० २०८३

शिक्षक लाइसेन्सको फारममा दुबिधा बढेपछि आयोगले जारी गर्‍यो यस्तो सूचना

शिक्षक लाइसेन्सको फारममा दुबिधा बढेपछि आयोगले जारी गर्‍यो यस्तो सूचना

  • मात्र एजुकेशन
  • आइतबार, बैशाख ४ २०७९


काठमाडौँ- शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्रको फारम भर्ने सन्दर्भमा दुबिधा बढेपछि प्रस्ट पार्नका लागि सूचना जारी गरेको छ। आइतबार एक सूचना जारी गर्दै आयोगले व्यवस्थापन संकाय पढेका विद्यार्थीलाई लेखा विषयमा फारम भर्न पाउने प्रस्ट पारेको हो।

आयोगले आफ्नो सूचनामा भनेको छ, “प्रस्तुत विषयमा शिक्षक सेवा आयोगबाट मिति २०७८।१२।३० मा प्रकाशित माध्यमिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन २०७८ मा लेखा विषयको हकमा व्यवस्थापन संकायबाट स्नातक तह वा माथिल्लो योग्यता उत्तीर्ण गरेको व्यक्तिले यस विज्ञापनको लागि दरखास्त फाराम भर्न सक्ने ब्यहोरा सम्बन्धित सबैको लागि जानकारी गराइन्छ” ।

आयोगले आइतबार जारी गरेको सूचना हेर्नुहोस्:

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड