काठमाडौं- शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निजी विद्यालयका शिक्षकलाई खुसिको खबर सुनाएका छन। भरतपुर महानगरका शिक्षक अगुवाहरूसँग आइतबार भएको छलफल कार्यक्रममा उनले गरेको एउटा घोषणाले यी शिक्षकहरुलाई खुसि बनाएको हो।
उक्त कार्यक्रममा उनले चितवनमा बन्न लागेको शिक्षक अस्पतालमा निजी विद्यालयका शिक्षकले पनि उपचार गर्न पाउने बताएका छन् । निजी स्कुलका शिक्षकले पनि देशकै शैक्षिक विकासका लागि काम गरेकाले त्यहाँ उपचार गर्न पाउने गरी काम अघि बढाइएको उनको भनाई थियो ।
मन्त्रि पौडेलले नेपालबाट मेडिकल शिक्षाका लागि भन्दै रु ९८ अर्ब रकम बाहिर गइरहेको बताउँदै मेडिकल शिक्षा सहज रूपमा पढ्न सक्ने वातावरणका लागि हरेक प्रदेशमा एक–एक वटा सरकारी मेडिकल कलेज स्थापनाका लागि काम गरिरहेको पनि बताए ।
साथै सबै पालिकामा आवश्यकताका आधारमा एक पालिका, एक प्राविधिक शिक्षालय स्थापना गर्ने र भूगोल अनुसारको पाठ्यक्रम तयार पारेर पढाउने पनि उनले बताए । राज्यले चाहेको जनशक्ति निर्माण गर्ने गरी प्राविधिक जनशक्तिलाई व्यवस्थापन गर्ने उनको भनाई छ ।