Matra Education आइतबार, साउन १० २०८३

शिक्षक सरह तलब दिन विद्यालय कर्मचारीको माग

शिक्षक सरह तलब दिन विद्यालय कर्मचारीको माग

  • मात्र एजुकेशन
  • बुधबार, चैत्र २३ २०७८


काठमाडौँ- विद्यालय कर्मचारीहरूले आफूहरूलाई पनि शिक्षक सरह सेवा सुविधा दिन माग गरेका छन्। विद्यालयमा कार्यरत कार्यालय सहायक र कार्यालय सहयोगीको लागि तलब नभई झिनो अनुदान मात्रै दिइएको भन्दै उनीहरूले यो भेदभाव अन्त्य गर्न माग गरेका हुन्।

नेपाल विद्यालय कर्मचारी परिषद्ले शिक्षामन्त्री देवेन्द्र पौडेललाई भेटेर आफ्ना मागहरू बारे ध्यानाकर्षण गराएको हो। सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूलाई निजामती कर्मचारी सरहको तलब भत्ता उपलब्ध गराउन परिषद्ले शिक्षामन्त्री समक्ष आग्रह गरेको छ । विद्यालय कर्मचारीहरूलाई न्यूनतम पारिश्रमिक समेत नदिइएको उनीहरूको गुनासो छ।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षक बाहेकका विद्यालय कर्मचारीहरू शिक्षा ऐन २०२८ अनुसार विभिन्न पदमा रही काम गर्दे आएकोमा उही पदमा कार्यरत शिक्षकहरूले नेपाल सरकारले तोके अनुसारको सेवा सुविधा पाउँदा त्यही विद्यालयमा कार्यरत विद्यालय कर्मचारीले सेवा सुविधा नपाएको अवस्था रहेको भन्दै आगामी आर्थिक वर्ष २०७९ र८० को बजेटमा सेवा सुविधामा वृद्धि गरी कार्यान्वयनमा ल्याउन परिषद्ले आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड