Matra Education आइतबार, साउन १० २०८३

ह्याप्पी किड्सको दीक्षान्त समारोह तथा वार्षिक उत्सव सम्पन्न

ह्याप्पी किड्सको दीक्षान्त समारोह तथा वार्षिक उत्सव सम्पन्न

  • मात्र एजुकेशन
  • सोमबार, चैत्र २१ २०७८


काठमाडौँ- ह्याप्पी किड्स मन्टेस्वरी होम र ह्याप्पी किड्स किन्डरगार्डेन चुनिखेलको दीक्षान्त समारोह तथा वार्षिक उत्सव सम्पन्न भएको छ। गत शनिबार सुकेधाराको युनिभर्सल क्याफेमा आयोजित एक कार्यक्रमका बिच दीक्षान्त समारोह तथा वार्षिक उत्सव सम्पन्न भएको हो।

ह्याप्पी किड्स किन्डरगार्डेनको कार्यक्रम प्रिन्सिपल शीतल श्रेष्ठको अध्यक्षता र नगरपालिका वडा १३ का वडा अध्यक्ष श्रीकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। त्यस्तै ह्याप्पी किड्सका फाउन्डर प्रिन्सिपल कृष्ण कुमार बोहराको अध्यक्षतामा र बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ९ का कार्यवाहक वडा अध्यक्ष सुमित्रा त्रिपाठी प्रमुख अतिथि रहेर दोश्रो चरणको कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि त्रिपाठीले ह्याप्पी किड्स मन्टेस्वरी होमले पुर्‍याएको योगदानको चर्चा गरेकी थिइन् । उनले साना बालबालिकाको क्षेत्रमा ह्यापी किड्सले शैक्षिक गुणस्तरको लागि खेलेको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको समेत उल्लेख गरिन् ।

त्यस्तै ह्याप्पी किड्स किन्डरगार्डेनको कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले वडा नम्बर १३ मा भएको एक मात्र मन्टेस्वरी स्कुलले व्यस्त अभिभावकहरूलाई अत्यन्त राम्रो अवसर दिएको जिकिर गरे । मन्टेस्वरी राखेपछि बालबालिकाको शैक्षिक विकास सँगै स्वास्थ्य स्थितिमा समेत उल्लेख्य सुधार भएको उनको भनाइ थियो।

कार्यक्रममा अध्यक्षता गरेका ह्याप्पी किड्सका फाउन्डर प्रिन्सिपल कृष्ण कुमार बोहराले विगत १५ वर्षको पूर्वप्राथमिक क्षेत्रको अनुभव यसै खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे। मन्टेश्वरीहरुको छाता संगठन अपेनका केन्द्रीय सदस्य तथा बागमती प्रदेश अध्यक्ष समेत रहेका उनले आफू उपत्यकामा पूर्वप्राथमिक विद्यालयमा दीक्षान्त समारोह भित्राउने व्यक्तिहरूमध्ये एक भएको समेत बताए।

आफ्ना साना छोराछोरी सफलताको बाटो तिर लम्कँदै दीक्षित भएको देखेर खुसीले पुलकित भएका अभिभावकहरूले कार्यक्रममा ह्याप्पी किड्सले उत्कृष्ट काम गरिरहेको भन्दै धन्यवाद दिए। बुढानीलकण्ठ नगर भरिमै अत्यधिक अभिभावकहरूको मन जितेर काम गरिरहेको हुँदा अझै सफल हुने उनीहरूको विश्वास छ।

कार्यक्रम मार्फत ह्याप्पी किड्स मन्टेस्वरी र किन्डरगार्डेन गरी ४७ जना बालबालिकाहरू दीक्षित भएका थिए।

तपाईं यहाँ क्लिक गरेर उक्त कार्यक्रमको फोटो फिचर हेर्न सक्नुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड