काठमाडौँ- चाबहिलमा रहेको मनास्लु वर्ल्ड कलेजले निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको छ। भोलि चैत १९ गते शनिबारका दिन कलेज परिसरमा प्रतियोगिताको आयोजना गरिएको हो। बिहान १०: ३० बजे सुरु हुने प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थीले भाग लिन पाउने मनास्लु प्रशासनले जनाएको छ।
प्रतियोगितामा आकर्षक पुरस्कारहरूको समेत व्यवस्था गरिएको छ। उत्कृष्ट निबन्ध लेखेर प्रथम हुनेले नगद रु दश हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै द्वितीय हुनेले नगद रु सात हजार सहित मेडल र प्रमाणपत्र, तृतीय हुनेले नगद रु पाँच हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सान्त्वना पुरस्कारका रूपमा नगद रु दुई हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
मात्र एजुकेसनलाई कार्यक्रम बारे जानकारी दिँदै मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाले आफ्ना विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका लागि मनास्लुले यस्ता कार्यक्रम नियमित गर्दै आएको जानकारी दिए। आजको समयको शिक्षा कोरा किताबी ज्ञान मात्रै भन्दा पनि सिपमूलक हुनुपर्ने भएकाले विद्यार्थीहरूको सर्वपक्षीय विकासका लागि मनास्लु सधैँ सचेत रहेको उनको भनाइ थियो। कार्यक्रमले विद्यार्थीहरूमा नयाँ उत्साह र सिकाइका लागि उत्प्रेरणा प्रदान गर्ने लामाको विश्वास छ।
चुच्चेपाटि चाबहिलमा रहेको मनास्लु वर्ल्ड कलेज छोटो समयमै विद्यार्थी तथा अभिभावकहरूको पहिलो रोजाइको कलेज बन्न सफल भएको छ।