काठमाडौँ- मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता संगठन, एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल (अपेन) को गोकर्णेश्वर नगर कमिटीले दोस्रो अधिवेशन सम्पन्न गरेको छ। सिन्धुपाल्चोकको भोटेचौर स्थित हेभन हिल रिसोर्टमा शुक्रबार आयोजित एक कार्यक्रमका बिच अपेन गोकर्णेश्वरको दोस्रो नगर अधिवेशन सम्पन्न भएको हो।
अपेन गोकर्णेश्वरका संस्थापक अध्यक्ष प्रकाश अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अपेनका केन्द्रीय सदस्य तथा बागमती प्रदेश अध्यक्ष कृष्ण कुमार बोहराको प्रमुख आतिथ्य रहेको थियो। त्यस्तै शिक्षाकर्मी तथा बज्र कलेजका निर्देशक चन्द्र पौडेल कार्यक्रमको विशेष अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा अपेन गोकर्णेश्वरका सदस्यहरू, अपेनका विभिन्न स्थानीय कमिटीका प्रतिनिधिहरू र अपेन गोकर्णेश्वरका शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बोहराले अपेन गोकर्णेश्वरको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै उत्कृष्ट कार्यसम्पादन गर्न सफल हुने विश्वास व्यक्त गरे। त्यस्तै उनले अपेन यसैगरी एक अर्का सँग हातेमालो र सहकार्य गर्दै संस्थागत विकास र लगानी सुरक्षा तथा आर्थिक समृद्धिको सपना पुरा गर्ने अठोट लिएको संस्था भएको भन्दै त्यही अनुरूप कार्य गर्न सबैलाई आग्रह गरे।
अपेन गोकर्णेश्वरका नवनिर्वाचित अध्यक्ष प्रकाश अधिकारीले अधिवेशनमा उपस्थित सबैलाई धन्यवाद दिए। उनले अपेन गोकर्णेश्वरलाई सबैको आवाज समेट्ने साझा संस्था बनाउनेमा आफू केन्द्रित हुने भन्दै सामूहिक प्रयासबाट बालबालिकाका क्षेत्रमा उल्लेखनीय कामहरू गर्न र अगाडी आउने चुनौती सामना गर्न आफूहरू सक्षम हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले अपेन गोकर्णेश्वरलाई बधाई तथा शुभकामना दिँदै उत्कृष्ट कार्यसम्पादन गर्न सफल हुने विश्वास व्यक्त गरे ।

यस्तो छ आगामी ३ वर्षे कार्यकालका लागि अपेन अपेन गोकर्णेश्वरले चयन गरेको सर्वसम्मत कमिटी:
-अध्यक्ष: प्रकाश अधिकारी
-उपाध्यक्ष: भावना भट्ट
-सचिव: लक्ष्मी पुडासैनी
-कोषाध्यक्ष: शुष्मा ठकुरी
-सहसचिव: सन्तोष श्रेष्ठ
-सदस्य: प्रतिमा श्रेष्ठ
-सदस्य: सजनी रिजाल
-सदस्य: नम्रता काफ्ले
-सदस्य: शान्ता फुयाँल सापकोटा
-सदस्य: रुक्मणी सन्जेल
-सदस्य: सुमित्रा धिमाल
-सदस्य: रश्मी श्रेष्ठ
-सदस्य: रेखा गिरी
(तपाईँ उक्त कार्यक्रमको फोटो फिचर यहाँ क्लिक गरेर हेर्न सक्नुहुन्छ। )