काठमाडौँ- जोरपाटी स्थित जोन एकेडेमीको स्पोर्ट्स मिट सुरु भएको छ । विद्यालय परिसरमा बुधवार आयोजित एक कार्यक्रमका बिच विद्यालयका प्रधानाध्यापक भोज कुमार धमलाले स्पोर्ट्स मिटको उद्घाटन गरे सँगै कार्यक्रम सुरु भएको हो।
आगामी शुक्रवार सम्म चल्ने स्पोर्ट्स मिटमा विभिन्न १५ विधाका खेलहरूमा विद्यार्थीहरूले प्रतिस्पर्धा गर्नेछन् । बुधवार बिहान उद्घाटन खेलका रूपमा `स्वास्थ्यका लागि खेलकुद´ भन्ने नारासहित म्याराथनको प्रतिस्पर्धा सकिएको छ भने अन्य खेलहरूको पनि प्रारम्भिक राउन्डहरू सुरुवात भएका छन् ।
फुटबल, भलिबल, बास्केटबल, ब्याडमिन्टन लगायतका खेलहरू सहित अन्य विभिन्न प्रतिस्पर्धात्मक खेलहरू सञ्चालन गर्ने विद्यालयको तयारी छ । उद्घाटन पछि मात्र एजुकेसन सँग कुरा गर्दै प्रधानाध्यापक धमलाले विद्यालयको नियमित कार्यक्रम अन्तर्गत स्पोर्ट्स मिट आयोजना गरिएको प्रतिक्रिया दिए ।
जोन एकेडेमी आफ्ना विद्यार्थीहरूमा लुकेर रहेको प्रतिभा प्रस्फुटित गर्नुपर्छ र उनीहरूको सर्वाङ्गीण विकास गर्नुपर्छ भन्नेमा सधैँ सचेत रहेको भन्दै त्यही उद्देश्य परिपूर्तिका लागि कार्यक्रम आयोजना गरिएको उनको भनाइ थियो । जोन एकेडेमीले छुट्टै कार्यक्रम आयोजना गरेर विजयी विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार दिने हुँदा विद्यार्थीहरू प्रतिस्पर्धा गर्न र जीवनमा सधैँ अझ राम्रो गर्दै अब्बल ठहरिन लालायित हुने उनी बताउँछन् ।
जोन एकेडेमी पछिल्लो समय आफ्नो छुट्टै पहिचान स्थापित गर्दै अभिभावकहरूको मन जित्न सफल शैक्षिक संस्थाको रूपमा चिनिन्छ ।
उद्घाटन कार्यक्रममा पुगेको मात्र एजुकेसन टिमले कैद गरेका तस्बिरहरू हेर्नुहोस् :


