Matra Education आइतबार, साउन १० २०८३

पहिलो परीक्षा भएको भोलिपल्टै शिक्षक सेवा आयोगले जारी गर्‍यो महत्त्वपूर्ण सूचना

पहिलो परीक्षा भएको भोलिपल्टै शिक्षक सेवा आयोगले जारी गर्‍यो महत्त्वपूर्ण सूचना

  • मात्र एजुकेशन
  • बुधबार, चैत्र १६ २०७८


काठमाडौँ- शिक्षक सेवा आयोगले माध्यमिक तहको परीक्षा लिएको भोलिपल्टै परीक्षा सम्बन्धी सूचना जारी गरेको छ।

निर्धारित कार्यतालिका अनुसार हिजो चैत १५ गते माध्यमिक तहको परीक्षा सञ्चालन हुँदा मोबाइल फोन नलान सूचित गरिएको भए पनि परीक्षार्थीले लिएर गएपछि आयोगले सूचना जारी गर्दै मोबाइल फोन वा कुनै पनि विद्युतीय सामग्री नलान भनेको हो।

सूचनामा भनिएको छ, “शिक्षक सेवा आयोगबाट विद्यालय तहका माध्यमिक, निम्न माध्यमिक, प्राथमिक र आन्तरिक प्रतियोगितात्मक बढुवाका परीक्षा सञ्चालन भइरहेको ब्यहोरा सबैमा सर्वविदितै छ । परीक्षार्थीले परीक्षा हलमा जाँदा मोबाइल फोन लिएर जान नपाउने निर्देशन प्रवेश पत्रमा उल्लेख भएकै छ । परीक्षालाई मर्यादित बनाउने कार्यमा मोबाइल फोन लगायत विद्युतीय सामग्री साथमा नलैजान र लागेमा परीक्षा केन्द्रमा रहेका कर्मचारीबाट जफत हुन सक्ने ब्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ । साथै परीक्षा केन्द्रमा खटिने कर्मचारीहरूले सोही अनुसार हुने गरी आवश्यक व्यवस्था मिलाउन हुन समेत यसै सूचनाबाट सूचित गरिन्छ” ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड