काठमाडौँ- शिक्षक सेवा आयोगले प्राथमिक तहको परीक्षा केन्द्र परिवर्तन गरेको जनाएको छ।
आइतबार एक सूचना जारी गर्दै आयोगले मिति २०७८ । १२।१९ गते सञ्चालन हुने प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको केन्द्र परिवर्तन भएको जनाएको हो।
सूचनामा भनिएको छ, “शिक्षक सेवा आयोगको मिति २०७८ । १२।१९ गते सञ्चालन हुने प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको केन्द्रगत परीक्षार्थी विवरण मिति २०७८र१२र०६ गते प्रकाशन भएकोमा क्र.स. ५५ र ५६ मा कायम गरिएको श्री कोटेश्वर सरस्वती मा।वि। कोटेश्वर (क) र श्री कोटेश्वर सरस्वती मा.वि. कोटेश्वर (ख) को केन्द्रको सट्टा देहाय बमोजिमको रोल नं, सहितको केन्द्र आयोगको मिति २०७८/१२/१३ को निर्णयबाट परिवर्तन गरिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ”।
सूचना हेर्नुहोस्:
