Matra Education आइतबार, साउन १० २०८३

सकियो प्याब्सनको १५ औँ राष्ट्रिय महाधिवेशन, यस्तो बन्यो नयाँ कार्यसमिति

सकियो प्याब्सनको १५ औँ राष्ट्रिय महाधिवेशन, यस्तो बन्यो नयाँ कार्यसमिति

  • मात्र एजुकेशन
  • बिहिबार, चैत्र १० २०७८


काठमाडौँ- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को १५ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा हिजो सुरु भएको महाधिवेशन आज सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएको हो। सर्वसम्मतिका लागि प्याब्सनले १२ जना उपाध्यक्ष थप गरेको छ भने १४ औँ महाधिवेशनमा थपिएको सहअध्यक्ष पद खारेज गर्दै वरिष्ठ उपाध्यक्ष पद पनि हटाएको छ। १२ जना उपाध्यक्ष थपिए सँगै अब प्याब्सनमा २५ जना उपाध्यक्ष रहने भएका छन् ।

गत महाधिवेशनमा सहअध्यक्ष भएका डिके ढुङ्गाना नयाँ कार्यसमितिको अध्यक्ष भएका छन् । त्यस्तै त्यस्तै महासचिवमा आरबी कटुवाल र कोषाध्यक्षमा सन्तोष न्यौपाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए । प्याब्सनको उपाध्यक्षमा कृष्णप्रसाद अधिकारी, ईश्वरबहादुर गुरुङ, गोपाल आचार्य, टीआर ढकाल, आशिष श्रेष्ठ, दीपिका थापा, टङ्कबहादुर भट्टराई, नारायणप्रसाद घिमिरे, गोपाल कार्की, बीरबहादुर बुढाथोकी, जगदीश थापा, कुमार घिमिरे, किशोर गौतम, गोपेन्द्रकेशरी न्यौपाने, संगीता सिलवाल, राजकुमार दास, वासुदेव न्यौपाने, नवराज महत लगायत मनोनित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड