काठमाडौँ- शिक्षक सेवा आयोगले २५ प्रतिशत आन्तरिक बढुवाको तयारी गरिरहेका परीक्षार्थीहरूका लागि महत्त्वपूर्ण सूचना प्रकाशित गरेको छ।
आयोगले बुधबार एक सूचना जारी गर्दै आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा गरिने (२५ प्रतिशत) शिक्षक बढुवाको लागि उम्मेदवारहरूको केन्द्रगत विवरण सहितको सूचना सार्वजनिक गरेको जनाएको हो।
सूचनामा भनिएको छ यस आयोगबाट मिति २०७८।१२।२१ गते बिहान ११:०० बजे देखि सञ्चालन हुने आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा गरिने (२५ प्रतिशत) शिक्षक बढुवाको लागि उम्मेदवारहरूको केन्द्रगत विवरण सहितको सूचना सम्बन्धित सबैको जानकारीका लागि प्रकाशन गरिएको छ ।
सूचना र थप विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्