Matra Education आइतबार, साउन १० २०८३

आगामी परीक्षाका लागी शिक्षक सेवा आयोगले जारी गर्‍यो महत्त्वपूर्ण सूचना

आगामी परीक्षाका लागी शिक्षक सेवा आयोगले जारी गर्‍यो महत्त्वपूर्ण सूचना

  • मात्र एजुकेशन
  • आइतबार, चैत्र ६ २०७८


काठमाडौँ- शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्रको लिखित परीक्षा बारे महत्त्वपूर्ण सूचना जारी गरेको छ। सूचना मार्फत आयोगले पाठ्यक्रम तथा परीक्षा प्रणाली परिवर्तन गरिएको जनाएको छ ।

आइतबार एक सूचना जारी गर्दै आयोगले अध्यापन अनुमति पत्रको लिखित परीक्षा विषयगत रूपमा सञ्चालन हुँदै आएकोमा अब भने परिवर्तित पाठ्यक्रम तथा परीक्षा प्रणाली अनुसार सञ्चालन हुने बताएको हो।

सूचनामा भनिएको छ, “शिक्षक सेवा आयोगबाट लिइने शिक्षक अध्यापन अनुमति पत्रको लिखित परीक्षा विषयगत रूपमा सञ्चालन हुँदै आएकोमा आयोगको मिति २०७८।१२।२ को निर्णय अनुसार निम्न माध्यमिक र माध्यमिक तहको अध्यापन अनुमति पत्रको पाठ्यक्रम तथा परीक्षा प्रणाली परिवर्तन गरी आयोगको वेबसाइटमा सार्वजनिक गरिएकोले आगामी परीक्षा सोही पाठ्यक्रम अनुसार हुने ब्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ”।

सूचना हेर्नुहोस्:

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड