Matra Education आइतबार, साउन १० २०८३

कक्षा १२ को परीक्षाबारे आयो यस्तो अपडेट, प्रश्नपत्र पनि अनलाइनमा पठाइने

कक्षा १२ को परीक्षाबारे आयो यस्तो अपडेट, प्रश्नपत्र पनि अनलाइनमा पठाइने

  • मात्र एजुकेशन
  • बिहिबार, चैत्र ३ २०७८


काठमाडौँ- यसपालिको कक्षा १२ को परीक्षा २०७९ जेठको दोस्रो सातादेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षा मिति तोकिनसकेको भएपनि आन्तरिक रुपमा यस्तो तयारीमा रहेको बुझिएको हो।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बोर्डले जेठको दोस्रो सातादेखि परीक्षा सञ्चालन गर्न प्रस्ताव तयार गरिसकेको बताए। बैठकले स्वीकृत गरेपछि जेठको कति गतेदेखि परीक्षा गर्ने भन्ने निर्णय हुने उनको भनाइ छ।

उनका अनुसार भोलि बोर्डको बैठक बस्दैछ । बोर्डको बैठकपछि परीक्षा तालिका सार्वजनिक गरिनेछ । यसपटकको प्रश्नपत्र भने अनलाइन माध्यमबाट पठाइने र परीक्षाकेन्द्रले प्रिन्ट गरेर विद्यार्थीलाई दिनुपर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड