काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले बागमती प्रदेशको माध्यमिक तथा निम्न माध्यमिक तहको परीक्षा केन्द्र सम्बन्धी सूचना निकालेको छ।
सूचना मार्फत आयोगले भौतिक पूर्वाधार नपुगेको भन्दै यसअघि मिति २०७८ साल चैत्र १५ र १७ गते दिनको ११ बजे मकवानपुरमा सञ्चालन हुने भनिएको परीक्षा पनि स्थानान्तरण हुने जनाएको छ।
माध्यमिक र निम्न माध्यमिक तहको नेपाली र अङ्ग्रेजी विषयको परीक्षा चितवन जिल्लामा र बाँकी विषयको परीक्षा पूर्ववत् सूचना अनुसार मकवानपुर जिल्लामा नै सञ्चालन हुने जनाएको छ।
परीक्षा समन्वय समिति हेटौँडाको मिति २०७८।११।०२ को निर्णयअनुसार यो निर्णय भएको हो।
सूचनामा भनिएको छ, “आयोगबाट २०७८ साल मङ्सिर २९ र पौष ७ मा प्रकाशित सूचना अनुसार माध्यमिक र निम्न माध्यमिक तह तृतीय श्रेणीको खुला प्रतियोगितात्मक परीक्षा ९सामान्य० प्रदेशस्तरमा मिति २०७८ साल चैत्र १५ र १७ गते दिनको ११ बजे मकवानपुरमा सञ्चालन हुने भनिएकोमा परीक्षा समन्वय समिति हेटौँडाको मिति २०७८।११।०२ को निर्णयअनुसार उक्त जिल्लामा सञ्चालन हुने परीक्षा जिल्लाको भौतिक पूर्वाधार नपुग भएकोले माध्यमिक र निम्न माध्यमिक तहको नेपाली र अङ्ग्रेजी विषयको परीक्षा चितवन जिल्लामा र बाँकी विषयको परीक्षा पूर्ववत् सूचना अनुसार मकवानपुर जिल्लामा नै सञ्चालन हुने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ” ।
