Matra Education आइतबार, साउन १० २०८३

इन्टर्नसिप नपाएको भन्दै अनसन बस्ने एमबिबिएस विद्यार्थीहरूको चेतावनी

इन्टर्नसिप नपाएको भन्दै अनसन बस्ने एमबिबिएस विद्यार्थीहरूको चेतावनी

  • मात्र एजुकेशन
  • शुक्रबार, फाल्गुन १३ २०७८


काठमाडौँ- एमबिबिएस अध्ययनको सिलसिलामा कोभिड महामारीको कारण चीनबाट फर्केका २०१५ र २०१६ ब्याचका विद्यार्थीले अनसन बस्ने चेतावनी दिएका छन्। पटक पटकको विरोध र न्यायको हारगुहार पश्चात् पनि आश्वासन बाहेक केही नपाएको भन्दै उनीहरूले त्यस्तो चेतावनी दिएका हुन्।

मन्त्रीपरिषद्को बैठकबाट २०१५ र २०१६ सालमा भर्ना भई चीनको विभिन्न विश्वविद्यालयहरू बाट आफ्नो सैद्धान्तिक अध्ययन पूरा गरिसकेका विद्यार्थीहरूलाई नेपालमा सरकारी अस्पताल तथा सरकारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्टर्नसिपका लागि व्यवस्थापन गर्ने निर्णय भएको भए पनि सम्बन्धित निकायले कार्यान्वयन लागि तदारुकता नदेखाएको भन्दै विद्यार्थीहरूले शान्तिपूर्ण विरोध पनि जारी राखेका छन्। शिक्षा मन्त्रालय तथा प्रधानमन्त्री कार्यालयमा पीडित विद्यार्थीहरूले बुझाएको ज्ञापन पत्रमा सरकारी निकायको लापरबाहीका कारण आफूहरूको भविष्य नै अन्धकारमा पर्ने जोखिम देखिएको विद्यार्थीहरूले उल्लेख गरेका छन्।

२०१५ र २०१६ ब्याचका चिकित्सा विद्यार्थीहरूले आफू अध्ययन गरिरहेको सम्बन्धित विश्वविद्यालयमा अध्ययनका लागि लाग्ने सम्पूर्ण शुल्क बुझाइसकेको भए पनि इन्टर्नसिप गर्न नपाउँदा करियर अगाडी बढाउन सकेका छैनन्।

लामो समयदेखि आफ्नो जायज माग सम्बोधन गराउन आन्दोलनरत विद्यार्थीका सामग्रीहरू मात्र एजुकेसनले सुरुदेखि नै प्राथमिकताका साथ प्रकाशन गर्दै आएको छ। तपाईँ तल ती सामग्रीहरू पढेर यो विषयबारे थप जानकारी लिन सक्नुहुन्छ।

यहाँ क्लिक गरेर पहिलो सम्बन्धित समाचार पढ्नुहोस्

यहाँ क्लिक गरेर दोश्रो सम्बन्धित समाचार पढ्नुहोस्

यहाँ क्लिक गरेर तेश्रो सम्बन्धित समाचार पढ्नुहोस्

यहाँ क्लिक गरेर चौथो सम्बन्धित समाचार पढ्नुहोस्

यहाँ क्लिक गरेर पाँचौं सम्बन्धित समाचार पढ्नुहोस्

यहाँ क्लिक गरेर छैठौं सम्बन्धित समाचार पढ्नुहोस्

तस्बिर: फाइल तस्बिर

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड