काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा २०७८ को प्रवेशपत्र प्रिन्ट गर्न सूचित गरेको छ।
यसअघि दुई छुट्टाछुट्टै सूचना प्रकाशित गरी माध्यमिक तह तृतीय श्रेणी र निम्न-माध्यमिक तह तृतीय श्रेणीको प्रवेश पत्र प्रिन्ट गर्न आग्रह गरेको आयोगले मंगलबार अर्को सूचना निकालेको हो।
नयाँ सूचनामा प्राथमिक तह तृतीय श्रेणीको प्रवेश पत्र प्रिन्ट गर्न भनिएको छ। आयोगले पुस १४ गते प्राथमिक तहको खुला विज्ञापन गरेको थियो।
दरखास्त फाराम भर्ने उम्मेदवारहरूले फारम भर्दा प्रयोग गरिएको इमेल र पासवर्ड बाट लगइन गरेर दरखास्त पेस गरेको विवरणहरूमा क्लिक गरी ‘भ्यु’ मा क्लिक गरेर प्रवेशपत्र डाउनलोड गरी प्रिन्ट गर्न सक्ने आयोगले जनाएको छ।
प्रवेशपत्रको प्रतिलिपि दिने व्यवस्था नभएकाले प्रवेशपत्र सुरक्षित साथ राख्न र परीक्षामा सहभागी हुन आउँदा साथमा अनिवार्य रूपमा ल्याउन समेत आयोगले अनुरोध गरेको छ।
प्राथमिक तहको प्रवेशपत्र प्रिन्ट गर्ने सम्बन्धी सूचना हेर्नुहोस्:
