Matra Education आइतबार, साउन १० २०८३

शिक्षक सेवा आयोग तयारी गर्दै हुनुहुन्छ? यो सूचना हेर्नुहोस्

शिक्षक सेवा आयोग तयारी गर्दै हुनुहुन्छ? यो सूचना हेर्नुहोस्

  • मात्र एजुकेशन
  • शनिबार, फाल्गुन ७ २०७८


काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा २०७८ को प्रवेशपत्र प्रिन्ट गर्न सूचित गरेको छ।

आयोगले दुई छुट्टाछुट्टै सूचना प्रकाशित गरी माध्यमिक तह तृतीय श्रेणी र निम्न-माध्यमिक तह तृतीय श्रेणीको प्रवेश पत्र प्रिन्ट गर्न आग्रह गरेको हो। आयोगले मङ्सिर २९ गते माध्यमिक तहको र पुस ७ गते निम्न माध्यमिक तहको खुला विज्ञापन गरेको थियो।

दरखास्त फाराम भर्ने उम्मेदवारहरूले फारम भर्दा प्रयोग गरिएको इमेल र पासवर्ड बाट लगइन गरेर दरखास्त पेस गरेको विवरणहरूमा क्लिक गरी ‘भ्यु’ मा क्लिक गरेर प्रवेशपत्र डाउनलोड गरी प्रिन्ट गर्न सक्ने आयोगले जनाएको छ। प्रवेशपत्रको प्रतिलिपि दिने व्यवस्था नभएकाले प्रवेशपत्र सुरक्षित साथ राख्न र परीक्षामा सहभागी हुन आउँदा साथमा अनिवार्य रूपमा ल्याउन समेत आयोगले अनुरोध गरेको छ।

निम्न माध्यमिक तहको सूचना हेर्नुहोस्:

माध्यमिक तहको सूचना हेर्नुहोस्:

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड