काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्रका लागि वैशाख महिनामा कक्षा १ देखि १० सम्मका सबै तहका परीक्षा र नतिजा प्रकाशन गरिसक्न निर्देशन दिएको छ।
आगामी २०७९ सालको शैक्षिक सत्र जेठ १ गतेबाट सुरु गर्ने निर्णय भएकाले मन्त्रालयले यस्तो निर्देशन दिएको हो। वैशाखमै नयाँ शैक्षिक सत्र सुरु गर्ने चलन रहेको भए पनि कोरोनाका कारण यो शैक्षिक सत्र लम्बाउन पर्ने भएकाले आगामी शैक्षिक सत्र जेठ १ गतेबाट सुरु गर्ने तयारी गरिएको हो।
मन्त्रालयका प्रवक्ता दिपक शर्माले आगामी जेठ १ गतेबाट २०७९ सालको नयाँ शैक्षिक सत्र सुरु गर्ने र सोही वर्षको चैत मसान्तसम्ममा शैक्षिक सत्र सक्ने निर्णय भएको जानकारी दिए ।
आगामी शैक्षिक सत्रका लागि नयाँ विद्यार्थी भर्ना र पाठ्यपुस्तकको व्यवस्थापन भने वैशाखमा सक्ने निर्णय भएको छ।
