काठमाडौँ- शिक्षक सेवा आयोगले चैत महिनामा तिनै तहको परीक्षा लिने गरी सूचना निकालेको छ।
धेरै लामो समयको अन्तरालपछि विज्ञापन खुलेकाले आवेदकहरूको ठुलो चाप रहेको छ। त्यहिकारण प्रतिस्पर्धा पनि राम्रै हुने अनुमान गर्न सकिन्छ। यस्तो धेरै प्रतिस्पर्धा हुने परीक्षामा तपाईँले स्मार्ट तरिकाले तयारी गर्नुभयो भने मात्रै सफल हुने अवस्था रहन्छ। तपाइले पाठ्यक्रमका साथै विभिन्न सन्दर्भ सामग्रीहरूको पनि अध्ययन गर्नु आवश्यक हुन्छ। साथै नमुना प्रश्नपत्रहरुको अध्ययन गरेर परीक्षा पद्धति सँग पनि परिचित हुनु आवश्यक हुन्छ।
मात्र एजुकेसनले तपाईँका लागि माध्यमिक तहको नेपाली विषयको नमुना प्रश्नपत्र यहाँ राखिदिएको छ।
