Matra Education आइतबार, साउन १० २०८३

यसरी हुनेछ शिक्षक सेवा आयोगको परीक्षा केन्द्र निर्धारण, भयो पत्राचार

यसरी हुनेछ शिक्षक सेवा आयोगको परीक्षा केन्द्र निर्धारण, भयो पत्राचार

  • मात्र एजुकेशन
  • बिहिबार, माघ २७ २०७८


काठमाडौँ- शिक्षक सेवा आयोगले केन्द्र निर्धारणको जिम्मेवारी प्रदेश निर्देशनालयलाई दिएको छ । आयोगले प्रदेश अनुसार आएको आवेदनको आधारमा प्रदेशलाई केन्द्र व्यवस्थापन गर्न सबै प्रदेशलाई पत्राचार गरेको जनाएको छ ।

माध्यामिक तहको शिक्षक पदको लागि केन्द्रमा परीक्षा सञ्चालन गर्न समस्या नदेखिए पनि निम्न माध्यामिक तह र प्रावि तहमा भने आवेदन दिने उम्मेद्वारको संख्या बढी भएकोले प्रदेश निर्देशनालयलाई जिम्मेवारी दिएको आयोगको भनाई छ ।

आयोगका प्रवक्ता मरहठ्ठा भन्छन् ‘यी निमावि तहमा आवेदन दिनको संख्या बढी भएकोले प्रदेश निर्देशनालयलाई वरीपरीको कुन जिल्लामा हामी परीक्षा सञ्चालन गर्न सकिन्छ तपाईंहरुले समन्वय गर्नुहोस् भनेर जिम्मेवारी दिएका छौं ।’ निर्देशनालयले दिएको विवरण अनुसार आयोगले केन्द्र निर्धारण गर्ने तयारी गरेको छ ।

प्रावि तहको हकमा सामान्य प्राविधिक समस्या आइरहेकाले समाधान भएपछि मात्रै कुन कुन जिल्लामा परीक्षा सञ्चालन गर्ने भन्ने निर्णय गर्ने आयोगले बताएको छ । कतिवटा केन्द्र बनाउने, कुन कुन जिल्लालाई सेवा समूह, कुन जिल्लाले कतिसम्म थेग्न सक्छ, जिल्ला शिक्षासँग समन्वय गर्ने लगायतको विषयमा अध्ययन गरिरहेको आयोगको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड