काठमाडौँ- सुदुरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले दोस्रो दीक्षान्त समारोहमा भाग लिनका लागि आवेदन फाराम माग गरेका छ । सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक तथा स्नातकोत्तर तह उत्तिर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुले मात्र भर्न पाउने गरी आवेदन माग गरेको हो ।
विद्यार्थीहरुले विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यलयमा र तोकिएका क्याम्पसहरुमा माग १९ गतेदेखि फागुन १९ गतेभित्र आइपुग्ने गरी रितपुर्वक आवेदन दिन आग्रह गरेको छ ।
